अलैंचीको मुल्य आकाशियो, कृषक मारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अलैंचीको मुल्य आकाशियो, कृषक मारमा



काठमाडौं। पूर्वी पहाडी भेगमा अलैंची टिप्ने सिजन सुरु हुन अगावै यसको मूल्य आकासिएको छ । अलैंची स्टक भएका बेला मूल्यमा ह्रास आउने र उत्पादन सुरु हुने बेला मूल्य आकासिंदाको फाइदा किसानलाई कम व्यापारीलाई बढी हुने स्थानीय कृषकको भनाइ छ ।
अलैंची उत्पादन सुरु हुन लाग्दाको मूल्य ४० केजीको एक लाख १० हजारदेखि १ एक लाख १५ हजार रुपैंयाँसम्म पुगेको छ । हालसम्मकै उच्च यो मूल्यमा अलैचीको कारोबार गर्न नपाएको दुखेसो स्थानीय कृषकले पोखे ।
मूल्य अनिश्चिता, भण्डारण समस्या र व्यवसायीको ‘व्यापारिक रणनीति’ले अलैंची उत्पादन गर्ने किसानले राम्रो बजारमूल्य नपाएको समेत स्थानीय कृषकहरुको गुनासो रेहेको छ । मूल्य घट बढ हुने र मूल्यसूचीबारे पहाडी जिल्लाका अलैंची कृषकहरुलाई थाहा नहुने भएकाले कृषकहरु बजार मूल्यभन्दा कममै आप्mनो उत्पादन विक्री गर्नुपरेको तिताक्त पोखेका छन् ।
अलैंचीको स्तर अनुसार मूल्य फरक फरक कायम हुने व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक नेपालले बताए । किसान भन्दा संकलकसँग अलैंची रहेको उनको भनाई रहेको छ । अलैंची निर्यात हुने देशको मागअनुसार यसको मूलय निर्धारण हुने नेपालले स्पष्ट पारे ।

प्रकाशित : १० असार २०७२, बिहीबार ०२:४८