एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूकाे व्यापार ४१ अर्ब १७ करोड माथि, कुनले कति गरे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक वर्षमा निर्जीवन बीमा कम्पनीहरूकाे व्यापार ४१ अर्ब १७ करोड माथि, कुनले कति गरे ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त वित्तीय विवरण अनुसार यस अवधिसम्ममा १४ निर्जीवन बीमा कम्पनीहरुले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमा शुल्क संकलन गरेका हुन्।

यस अवधिमा सबैभन्दा धेरै शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा पाँच अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा चार अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चार अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यता, हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा तीन अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। आइजिआइ प्रुडेन्सियल इन्सयोरेन्सले तीन अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले तीन अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ७२ करोड रुपैयाँ, सानिमा जिआइसीले दुई अर्ब ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले दुई अर्ब ५५ करोड रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले दुई अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले एक अर्ब ७७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ५९ करोड रुपैयाँ र नेपाल इन्स्योरेन्सले एक अर्ब ५९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले एक अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्रकाशित : १६ श्रावण २०८१, बुधबार १६:२८