काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा बितरण गरेका छन् । मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको ४ वडामा रहेका १९ वटा गाँउब्लकहरुको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा बितरण गरेका हुन ।
लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरु अत्यन्त खुसि भएका थिए । बषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ती पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए ।
लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउदैं भूमिहिनको समस्या स्थायी रुपमा समाधान गर्ने प्रतिवद्धता ब्यक्त गरे । सरकारले पाँच लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने तयारी गरेको उनले जानकारी दिए ।
गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा बितरणमा सम्भव भएको बताए ।
Comment