ग्लोबल आइएमई बैंकको सीईओमा रेग्मी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको सीईओमा रेग्मी नियुक्त



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको आज साउन १० गते बसेको बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको नियुक्ति आगामी भदौ १ गतेबाट लागू हुनेछ। हाल उनी बैंकको सिनियर डेपुटी सीईओ छन्। हाल बैंकको सीईओ रत्नराज बज्राचार्य छन्। उनको कार्यकाल साउन मसान्तबाट सकिँदैछ।

रेग्मी बैंकिङ क्षेत्रमा साढे ३ दशकदेखि सक्रिय छन्। उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए। रेग्मीले अर्थशास्त्रमा स्नातकोत्तर र बेलायतबाट एमबीएको पढाइ पूरा गरेका छन्।

साथै, बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित : १० श्रावण २०८१, बिहीबार १३:११