आइएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बि प्लस रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफ इन्स्योरेन्सले पायो केयर–एनपी ट्रिपल बि प्लस रेटिङ



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ।

रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई अघिल्लो वर्ष ‘केयर–एनपी ट्रिपल बि’ रेटिङ गरेको थियो।आर्थिक वर्ष २०८०/०८१ को अवधिमा कम्पनीको वित्तीय अवस्था तथा कार्य सञ्चालनमा तुलनात्मक रुपमा दिगोपनको वृद्धिका साथै अन्डरराइटिङ कार्यसम्पादन र लगानीबाट आर्जित नाफाका कारण कम्पनीको रेटिङ परिमार्जन भएको छ।

कम्पनीले निरन्तर रुपमा बीमा क्षेत्रको औसत खुद मुनाफाको तुलनामा राम्रो वृद्धि दर हासिल गरिरहेको छ।रेटिङ एजेन्सीले आव २०८०/८१ मा हकप्रद तथा सार्वजनिक शेयर जारी गरे पश्चातको कम्पनीको नेटवर्थको वृद्धिलाई पनि मुल्यांकन गरेको छ, जसले गर्दा आव २०८०/८१ को अन्त्यमा लगानी आधारमा वृद्धि र वित्तीय स्वस्थतामा सुधार भएको छ। कम्पनीले नियमनकारी निकायले तोकेअनुसार आफ्नो चुक्तापूँजीलाई ५ अर्ब रुपैयाँ समेत पुरयाएको छ।

प्रकाशित : ३ श्रावण २०८१, बिहीबार १४:०५