धितोपत्र ब्रोकर्श र अर्थमन्त्रीबीच भेटवार्ता, बजारको वर्तमान समस्याबारे छलफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र ब्रोकर्श र अर्थमन्त्रीबीच भेटवार्ता, बजारको वर्तमान समस्याबारे छलफल



काठमाडाैँ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपाल (डिब्यान)ले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेको छ । मंगलबार एशोसिएनका अध्यक्ष सागर ढकाल सहितको टोलीले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेटेर धितोपत्र बजारको विकास र विस्तारका लागि आवश्यक छलफल गरेका हुन् ।

नवनियुक्त अर्थमन्त्रीलाई शुभकामना दिन पुगेको टोलीले बजारको वर्तमान अवस्था र यसको सुधारका आवश्यक विषयमा छलफल भएको ढकालले बताए ।

ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे ।

यसैगरी मन्त्री पौडेलले पूँजी बजारको प्रति आफू सकारात्मक रहेको र यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्ने बताए ।

प्रकाशित : १ श्रावण २०८१, मंगलवार १६:२९