नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

शेयर बजार

नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । मंगबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ७०.१८ अंकले बढ्दै २३ सय १० को विन्दुमा उक्लेर बन्द भएको हाे । आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका २ करोड ५८ लाख ३६ हजार बढी कित्ता सेयर १ लाख १९ हजार बढीपटक किनबेच हुँदा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

आज नेप्सेमा हरियाली छाउँदा विभिन्न ९ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । दिनभरको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा २ सय ३४ कम्पनीको सेयरमुल्य बढेको देखिन्छ । आज जम्मा ८ कम्पनीको सेयरमुल्य मात्रै ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।

मंगलबार १४ कम्पनीको सेयर १० करोड बढीको कारोबार हुँदा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २१ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रकाशित : १ श्रावण २०८१, मंगलबार १५:३० 16 July, 2024 3:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।