सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्कासन गर्ने



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४६ हजार ७२९.५४ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गर्न लागेको जनाएको छ ।

लघुवित्तको एफपीओमा लगानीकर्ताले साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको समयावधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि थप भई साउन १८ गतेसम्म लम्बिनेछ ।

प्रकाशित : १ श्रावण २०८१, मंगलवार ११:२५