नियमनकारी निकायको प्रभावकारी उपस्थिति नहुँदा सहकारीमा समस्या आयो : गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नियमनकारी निकायको प्रभावकारी उपस्थिति नहुँदा सहकारीमा समस्या आयो : गभर्नर अधिकारी



काठमाडौं । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नरसहित बैंकिङ क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ । सोमबार सिंहदरबारमा बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारी, बैंकर्स संघका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट लगायतसँग छलफल गरेको हो ।

छलफलका क्रममा गभर्नर अधिकारीले नियमनकारी निकायको प्रभावकारी उपस्थिति नहुँदा सहकारीमा समस्या देखिएको बताए । गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताएका थिए ।

गभर्नर अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् ।

बैठकमा सहभागी बैंकिङ विज्ञहरूले नियमनलाई महत्त्व नदिँदा सहकारीमा समस्या देखिएको धारणा राखे । सहकारीका समस्या समाधानका लागि नियामकीय निकाय बनाउनु पर्ने र एउटै कर्जा सूचना केन्द्र आवश्यक भएको सुझाव दिएका छन् ।

प्रकाशित : २४ असार २०८१, सोमबार १७:४१