कर्णालीमा सहकारीको अवस्था : बचतकाे तुलनामा पुँजी र ऋण प्रवाह घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्णालीमा सहकारीको अवस्था : बचतकाे तुलनामा पुँजी र ऋण प्रवाह घट्याे



काठमाडौं । कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ९.१४ प्रतिशतले घटेको छ । प्रदेशको आर्थिक वर्ष २०८०/८१ को अर्ध–वार्षिक प्रतिवेदन अनुुसार अघिल्लो अवधिमा यस्तो पुँजी ४.९१ प्रतिशतले वृद्धि भएको थियो ।

यसरी सहकारी संस्थाहरुको कुल पुँजी घट्नुको कारणका रुपमा पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएका जालसाजी, रकमको हिनामिना तथा अन्य विविध जालसाजी जन्य क्रियाकलापहरुले सहकारी क्षेत्रप्रति लगानीकर्ताहरुको विश्वास समेत गुम्दै जानुलाई लिन सकिन्छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म सहकारी संस्थाहरुको कुल बचत ७.११ प्रतिशतले वृद्धि भएकोमा आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म १३.१९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा बचत बढनुमा यस प्रदेशमा सहकारी संस्थाहरु ग्रामिण क्षेत्रमा अवस्थित तथा उत्पादनसँग जोडिनु रहेको छ ।

बचत तथा ऋण सहकारी संस्थाको अवस्था

कर्णाली प्रदेशमा यस अवधिमा सहकारीहरुको कुल ऋण प्रवाह ०.६५ प्रतिशतले घटेको छ । गत अवधिमा त्यस्तो ऋण प्रवाह १.८१ प्रतिशतले वृद्धि भएको थियो ।

गत अवधिमा २२१.५९ प्रतिशतले बढेको सदस्य संख्या यस अवधिमा ६२.७१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारी ०.३० प्रतिशतले घटेको छ । त्यस्तै, गत अवधिमा ३.३३ प्रतिशतले बढेको सहकारी संस्थाको शाखा संख्या समीक्षा अवधिमा ६.४५ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १२:४३