अभिकर्ताहरु कहिले पनि आर्थिक मारमा पर्दैनःसन्तोष प्रसाईँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अभिकर्ताहरु कहिले पनि आर्थिक मारमा पर्दैनःसन्तोष प्रसाईँ



काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईँले अभिकर्ताहरु कहिले पनि आर्थिक मारमा नपर्ने बताएका छन् । सीईओ प्रसाईले बर्दिबासमा रहेको कम्पनीको शाखाका अभिकर्ताहरुसँगको छलफलमा यस्तो बताएका हुन् ।

उनले अभिकर्ताहरुसँग असार महिनाको स्पेसल स्किमको विषयमा छलफल गर्दै अभिकर्तालाई मोटिभेशन दिएका थिए । छलफलका क्रममा उनले भने, ‘अभिकर्ता भई निरन्तर रूपमा कार्यरत भएकाहरू कहिलै पनि आर्थिक मारमा पर्दैनन् ।’ उनले अभिकर्ताहरुलाई बीमा गराउन मात्र नभई दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिएर काम गर्न आग्रह गरेको बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंहले बताए ।

कार्यक्रममा एजेन्सी प्रमुख प्रभात सिवाकोटी, लेखा तथा वित्त प्रमुख लेखनाथ गौतम, मधेश प्रदेशको उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा लगायत नयाँ तथा पुराना गरी ४२ जना अभिकर्ताहरुको सहभागिता थियो ।

कार्यक्रममा शाखा प्रमुख सिंहले सीईओ प्रसाईंलाई मायाको चिनो स्वरूप जानकी मन्दिरको तस्बिर प्रदान गरेका थिए।

प्रकाशित : १० असार २०८१, सोमबार ११:२१