मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मुख्य सचिव बैकुण्ठ अर्याल निलम्बित



काठमाडौं । मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वहालवाला मुख्य सचिव बैकुण्ठ अर्याल विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेसँगै अर्याल निलम्बनमा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जना विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

प्रकाशित : ९ असार २०८१, आईतवार १७:१७