१ लाख २६ हजारलाई सहुलियतपूर्ण कर्जा प्रवाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१ लाख २६ हजारलाई सहुलियतपूर्ण कर्जा प्रवाह



काठमाडाैं । चालु आर्थिक वर्षकाे वैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ बैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको रु.१३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६३ ऋणीलाई प्रवाह भएको रु.९४ अर्ब ४ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७४ हजार ९ सय ४२ महिला उद्यमीलाई प्रवाह भएको रु.४२ अर्ब ८७ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार १ सय ८६ ऋणीको रु.१ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियतपूर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।

प्रकाशित : ६ असार २०८१, बिहीबार ०९:२५