ग्रामीण विकास लघुवित्तले डाक्यो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्रामीण विकास लघुवित्तले डाक्यो साधारणसभा



काठमाडाै । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १५ गते, शनिबार, आफ्नो प्रधान कार्यालय, बुटवलमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनस सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार ३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित : 9 June, 2024 10:58 am