दुई भुक्तानी सेवा प्रदायकको कारोबार संकास्पद, बैंक खाता रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई भुक्तानी सेवा प्रदायकको कारोबार संकास्पद, बैंक खाता रोक्का



काठमाडाैं । नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का गरेको छ । दुई संस्थाको कारोबार संकास्पद देखिएपछि केन्द्रीय बैंकले बैंक खाता रोक्का राखेर अनुसन्धान थालेको हो।

बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जनाएको छ

पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 4 June, 2024 3:02 pm