काठमाडाैं । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले एक अफर सार्वजनिक गरेको छ । अफर अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्दा विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिने भएको छ । विद्यार्थी लक्षित यस्तो योजनाले पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ । यो खाता खोल्न ब्रोकरको https://himalayanbrokerage.com/ मा गएर लगइन गरेर खोल्न सक्ने छन् । खाता खोल्नको लागि सिमित समय तोकिएको छ ।
हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३)का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षणलाई सम्बोधन गर्न कम्पनी पूर्ण प्रतिवद्घ रहेको बताउँदै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सदृढ, विश्वसनीय र प्रतिफलमूलक बनाउँदै लगिने बताए । ब्रोकरको केन्द्रीय कार्यालय डिल्ली बजारमा रहेको छ ।
Comment