बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक



काठमाडौँ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। जेठमा यो छैटौँँ पटक पैसा खिच्न लागेको हो।

निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

राष्ट बैंकले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहीबार १२:२४