सुनचाँदीको भाउ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनचाँदीको भाउ बढ्यो



काठमाडाैं । बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

यो दिन चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १८ हजार ४८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६५४ रुपैयाँ तोकेको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार ११:२०