आर्थिक सुधारका लागि ५ सूत्र सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आर्थिक सुधारका लागि ५ सूत्र सार्वजनिक



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै ५ सुधारको सूत्र सार्वजनिक गरेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् ।

उनका अनुसार संरचनात्मक सुधार, व्यवसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार गरिनेछ ।

यस्तै, उनले कृषि, उर्जा, सूचना प्रविध, पर्यटन र उद्यमशीलता र औद्योगिक विकासलाई आर्थिक सुधारको रुपान्तरणकारी क्षेत्र समेत घोषणा गरेका छन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:४०