बुद्धभुमीले बोलायो जेठ ३० गते विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बुद्धभुमीले बोलायो जेठ ३० गते विशेष साधारण सभा



काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले जेठ ३० गते विशेष साधारण सभा गर्ने भएको छ । सभा बिहान १० बजे रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंंमा गर्ने भएको हो।

सभाले हाल कायम चुक्तापूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै सभाले कम्पनीको चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले विशेष साधारण सभा प्रयोजननका लागि कम्पनीले आगामी जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार ०७:४५