द्वारपालेश्वर कृषि सहकारीद्वारा बालबचतकर्तालाई शैक्षिक सामाग्री, सदस्यलाई कृषि औजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

द्वारपालेश्वर कृषि सहकारीद्वारा बालबचतकर्तालाई शैक्षिक सामाग्री, सदस्यलाई कृषि औजार



काभ्रे। द्वारपालेश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडले सहकारीमा आबद्ध कोपिला शैक्षिक बालबचतकर्ताहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

ट्रयाक्टर, चापकट, स्प्रे पम्प लगाएत विभिन्न कृषि सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुका लागी कृषि ब्यबसायीहरुलाई सहज रुपमा ऋण सुविधा, सामाजिक सुरक्षा राहतको ब्यबस्था, सुत्केरी भत्ता, कृषक उपचार खर्च, शैक्षिक सामाग्री वितरण, १ लाख सम्मको दुर्घटना विमा, मल, बीउ, विजन, पशुपन्छी र कृषि उपकरणमा अनुदान सहुलियत मुल्यमा वितरण, कृषि सम्बन्धी तालिम लगाएतका विभिन्न सेवा सुविधा प्रदान गर्दे आएको संस्थाका अध्यक्ष रमेशजगं मग्रातीले जनाकारी दिए ।

संस्थाको २०८१ बैशाख सम्मको कुल कारोबार ४ करोड भन्दा माथि रहेको  छ ।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार २०:२५