‘सहकारी ठगलाई जोगाएर लोकतन्त्रमाथि आक्रमण‘ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

‘सहकारी ठगलाई जोगाएर लोकतन्त्रमाथि आक्रमण‘



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगलाई जोगाएर सरकारले लोकतन्त्रमाथि आक्रमण गरेको बताएका छन् ।

आईतवारको संसदमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रश्ताव राख्दै उनले सरकारले सहकारी ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई जोगाउने षड्यन्त्र गरिरहेको बताए । केसीले सरकारले लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको बताए ।

उनले सरकारको नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन नगर्ने पनि बताए । केसीले भने, ‘सहकारीमा ठगेर मुलुकलाई बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुनखालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो । गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारणले सत्ताधारीको जुन दुर्दशा छ, यसको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ । र यो नीति, कार्यक्रमलाई समर्थन गर्दैन । विरोध गर्छ ।’

उनले सत्ताधारीको दुर्दशा रहेको टिप्पणी गर्दै त्यसको पनि राष्ट्रिय जनमोर्चाले विरोध गर्ने बताए ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार १३:४९