काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले हितग्राही (डिम्याट) खाता वार्षिक नवीकरण शुल्क बुझाउन खातावालालाई आग्रह गरेको छ ।
कम्पनीले हिमालयन बैंक, साविक सिभिल बैंक, हिमालयन क्यापिटल तथा साविक सिभिल क्यापिटल मार्केटमा डिम्याट खाता खोली धितोपत्र कारोबार गर्दै आएका खातावालालाई वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो ।
डिम्याट खाता प्रयोगकर्ताले प्रत्येक आवको १०० रुपियाँका दरले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने प्रावधान छ । सो शुल्क यही असार मसान्तभित्र हिमालयन क्यापिटल वा हिमालयन बैंकको नजिकको शाखा कार्यालयमा गई वा अन्य डिजिटल माध्यमबाट तिर्न सक्नेछन् ।
साथै, तोकिएको समयभित्र नवीकरण नगरेमा डिम्याट खाता रोक्कासमेत हुने कम्पनीले जनाएको छ ।
Comment