सुनको मूल्य तोलामा १८ सयले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनको मूल्य तोलामा १८ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुुुसार बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

प्रकाशित : १० जेष्ठ २०८१, बिहीबार १२:०२