पोखरा रोयल बचत तथा ऋण सहकारी २३ वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पोखरा रोयल बचत तथा ऋण सहकारी २३ वर्षमा प्रवेश



काठमाडौं । पोखरा १० बुद्धचोकमा मूख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीले २३ वर्षमा प्रवेश गरेको छ । संस्था २०५९ साल जेठ ८ गतेदेखि पोखरा रोयल सहकारी संस्थाको नामबाट सेवा प्रदान गर्न थालेको हो ।

यसै अवसरमा संस्थाको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ तथा प्रमुख कार्यकारी अधिकृत भिमबहादुर गुरुङले सदस्यलाई शुभकामना ब्यक्त गरेका छन् ।

२०५५ साल बैशाख ९ गते नेपाल भरी कार्यक्षेत्र रहने गरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौमा स्थापना भएको थियो । २०५५ साल बैशाख १८ गते पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको रोयल सहकारी सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरि स्वायत्त संस्थाको रुपमा स्थापना हुन पुग्यो ।

पोखरामा रहेको रोयल सहकारीको क्षेत्रीय कार्यालयलाई स्थानीय व्यक्तिहरुको सहभागितामा २८ जना सदस्य र ७ लाख पुँजी रहने गरी २०५९ साल जेठ ८ गते पोखरा रोयल सहकारी संस्थाको नामबाट तत्कालिन डिभिजन सहकारी कार्यालय कास्कीमा दर्ता गरिएको थियो।

पछि संस्थाले शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण गरी कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर कार्यक्षेत्र बनाइ सदस्यलाई बैंकिङ तथा गैर बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

संस्थाले २३ वर्ष पार गरिरहँदा जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार ४३२ रुपैंयाँ पुर्याएको छ । त्यसैगरी संस्थाको बिभिन्न कोषहरुमा १२ करोड ४५ लाख ९३ हजार ३८८ रुपैंयाँ र शेयर पूँजी १९ करोड ९६ लाख ३२ हजार रुपैंयाँ पुर्याउन सफल भएको छ।

संस्थाले बचत संकलन १ अर्ब ८६ करोड १४ लाख १५ हजार ७३८ रुपैंयाँ र १ अर्ब ७६ करोड १६ लाख ५ हजार १२३ रुपैंयाँ ऋण लगानी गर्न सफल रहेको छ ।

संस्थामा २ अर्ब ४९ करोड ५१ लाख ७० हजार ४५७ रुपैंयाँ कुल सम्पत्तीका साथै ९ हजार ३१६ जना सदस्य तथा ४० जना कर्मचारी पुर्याउन सफल रहेको संस्थाका सूचना अधिकृत मिलन ढकालले जनाए ।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार ११:४६