पाँचथर पावर कम्पनीले डाक्याे साधारण सभा, बुकक्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँचथर पावर कम्पनीले डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले जेठ २७ गते आठौँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल इम्पेरियल, बत्तीसपुतली, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले एक्सेस इन्भेष्टमेन्ट प्रा.लि.र मेगा भेन्चर प्रा.लि. लाई एक्वायर गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आयोजनामा पुनः निर्माणको लागि कर्जा थप गर्ने, सञ्चालक समितिको संख्या संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। तसर्थ जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार १०:०३