काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियमबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत गरी कुल २८.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
Comment