सेञ्चुरीले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरीले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद दिने



काठमाडौं, १० चैत । सेञ्चुरी कमर्सियल बैंक ले लगानीकर्तालाई १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैकले चैत ३१ गते छैठौं साधारणसभा गर्दैछ ।

बैंकको उक्त साधारणसभाको लागि चैत १८ देखि ३१ गतेसम्म शेयर धनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ ।

बैंकले इनोभेटिभ डेभलमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्ती गर्दैछ । बोनस शेयर, दुबै बैंकको प्राप्ती र ४० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ ।

चालु आर्थिक वर्षको नाफाबाट र अर्को मर्ज तथा एक्विजिशनबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६९ करोड रुपैयाँ छ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०५:३८