लगानीमैत्री वातावरण बनाउन नेपाल तयार छः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

लगानीमैत्री वातावरण बनाउन नेपाल तयार छः पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री बनाउन आफूहरु तयार रहेको बताएका छन् ।

आइतबार तेस्रो लगानी सम्मेलनको उद्धाटन सत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालमा लगानी बढाउने विदेशी लगानीकर्तालाई आग्रह गरेका हुन् ।

‘नेपालमा लगानी गर्नु लाभदायक छ । नेपालमा लगानी गरेका विदेशी कम्पनीले आफ्नो देशमा राम्रो लाभांश लगेर गएका छन् ,’ ‘म तपाईंहरुलाई नेपालमा लगानी बढाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्दछु । हामीहरु पूर्ण सुरक्षाको प्रत्याभुत गर्न तयार छौं ।’ देउवाले भने

पर्यटन जलविद्युत आइटी खानीमा आधारित उद्योगमा नेपालमा पर्याप्त सम्भावना भएको भन्दै नेपालमा कानुनद्वारा लगानी संरक्षण गर्ने नीति लिएकाले कुनै पनि लगानीकर्ता डराउनु पर्ने अवस्था नरहेको देउबाले बताए ।

२०४८ सालमा आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारले आर्थिक सुधारको काम सुरु गरेको आगामी दिनमा पनि निरन्तर सुधारका काम गर्न तयार गरेको देउवाको भनाइ छ ।

‘हामीहरु सुधारका काम निरन्तर गर्न तयार छौं । लगानीको वातावरण बनाउन तयार छौं । लगानीकर्तालाई विवेधकारी नीति बनाउने पक्षमा हामी छैनौं,’ देउवाले भने,’ आर्थिक विकासका लागि विदेश लगानी आवश्यक हुन्छ ।’ नेपाली कांग्रेस नेतृत्वको सरकारले नै उदारिकरणको निर्णय गर्दै व्यवसायीक वातावरणमा सुधार गरेको र निजी क्षेत्रलाई प्रवर्धन गर्ने नीति लिएको थियो,’ देउवाले भने,’ अहिले नेपालमा लगानी गर्न सहज अवस्था सिर्जना छ । कर नीतीमा पनि पर्याप्त सुधार भएको छ । लगानी फिर्ता लैजाने सहज अवस्था छ । हामीहरु लगानीकर्ताको सुधारका आधारमा थप आवश्यक सुधार गर्न तयार छौं ।’

प्रकाशित : १६ बैशाख २०८१, आइतबार १३:२९ 28 April, 2024 1:29 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।