हंसले गर्‍यो नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

हंसले गर्‍यो नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

चितवन । भरतपुर महानगरपालिका वडा नं. १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले प्रकाशन गरेको २०८१ सालको भित्रेपात्राे विमोचन गरेको छ । सोमबार सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भित्रेपात्रोको विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण सहकारी क्षेत्रमा समेत मन्दी रहेको बताए । संस्थाका सेयर सदस्यको सहयोगका कारण सहकारी राम्रो हुँदै गएको बताउदै सबैको सहयोग र हातेमालोका कारण हंस सहकारीले गति लिएकोमा सबैमा धन्यबाद दिएका थिए ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै सहकारीमा सबै सेयर सदस्यले आफ्नो सम्झेर काम गर्नुपर्ने बताए । भित्तेपात्रोमा तिथि मिति हेर्ने मात्र नभएर संस्थाको गतिविधि पनि झल्काउने गरेको बताउदै सहकारीका गतिविधिमा चासो राख्न अनुरोध गरेका थिए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेलले संस्थाले नियमित प्रकाशन गर्दै आएको भित्तेपात्रोले इतिहास राख्ने र आगामी पुस्तालाई मार्ग निर्देशन हुने बताउदै आफ्नो पहिचान दिन र आफ्नो भूमिका देखाउनका लागि भित्तेपात्रोले सहयोग गर्ने बताए ।

संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका संचालकहरु प्राडा होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुब कुमार ओझा, देशबन्धु अधिकारी, अनिता मैनाली, लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्णहरि तिमिल्सेना, प्रबन्धक नारायण प्रसाद सापकोटा, पदपूर्ती उपसमितिका सदस्यहरु जगन्नाथ न्यौपाने, ओम प्रसाद लामिछाने, बचत बृद्धि उपसमिति सदस्य प्रकाश कुमार चुके, टाँडी सेवाकेन्द्र उपसमितिका सदस्यहरु शंकर पौडेल, मिना अधिकारी, सुरेशजंग पाण्डे लगायत सेयर सदस्य एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार १७:२० 15 April, 2024 5:20 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।