आशा लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आशा लघुवित्तले लाभांश नदिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ । संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश प्रदान नगर्ने निर्णयसहितको आव २०७९/८० को वासलता,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूची लगायत लेखा सम्बन्धी नीति तथा टिप्पणीहरु स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ४ चैत्र २०८०, आईतवार १४:०२