वाणिज्य बैंकहरुको नाफा साढे ३५ अर्ब: सर्वाधिक कमाउनेमा नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुको नाफा साढे ३५ अर्ब: सर्वाधिक कमाउनेमा नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंक



काठमाडौं । माघ मसान्तसम्म वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

यो अवधिमा २० वटा वाणिज्य बैंकहरु मध्ये नबिलले सबैभन्दा धेरै नाफा कमाएको छ। सात महिनामा नबिलले तीन अर्ब ९८ करोड ६५ लाख २० हजार बढी नाफा कमाएको छ । नाफाकै आधारमा भने नबिलपछि राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

माघ मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थान छ । बैंकले दुई अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले दुई अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । यसअघि नबिल र ग्लोबल आइएमई बैंकबीच कडा प्रतिस्पर्धा हुने गरेको थियो ।

समिक्षा अवधिमा धेरै नाफा कमाउनेको चौंथो सूचीमा भने प्राइम कमर्सियल बैंक परेको छ । बैंकले सात महिनामा दुई अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा नेपालले पनि दुई अर्ब ३८ करोड रुपैयाँ बढी खुद नाफा कमाएको तथ्याङ्कमा उल्लेख छ।

यता, एनआइसी एशियाले पनि दुई अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफ कमाएको छ । धेरै नाफा कमाउनेको सातौं सूचीमो एभरेष्ट बैंक छ । बैंकले सात महिनामा एक अर्ब ९८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, समिक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्डले एक अर्ब ९४ करोड १७ लाख, हिमालय बैंकले एक अर्ब ८३ करोड ७४ लाख, एनएमबिले एक अर्ब ६५ करोड ९७ लाख, कृषि विकास बैंकले एक अर्ब ५७ करोड ३३ लाख, सिद्धार्थ बैंकले एक अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, सानिमा बैंकले एक अर्ब ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यता लक्ष्मी सनराइज बैंकले एक अर्ब ४० करोड ८७ लाख, कुमारी एक अर्ब १२ करोड १९ लाख रुपैयाँ, सिटिजन्स ९९ करोड ७८ लाख, माछापुच्छ्रे ९८ करोड चार लाख, नेपाल बैंक ९५ करोड ९१ लाख, प्रभु बैंकले ९२ करोड ७६ लाख र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार १२:००