तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

तीन कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड आठ लाख तीन हजार ४४२.१७४८ कित्ता बोनस बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा नेपाल एसबीआई बैंक, मुक्तिनाथ विकास बैंक र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेपाल एसबीआई बैंकको ३.७५ प्रतिशत बोनसपछिको ३७ लाख ९५ हजार २३५.७६४८ कित्ता र मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनसपछिको ६२ लाख ६० हजार ३७७.७६ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ८.६ प्रतिशत बोनसपछिको सात लाख ४७ हजार ८२८.६५ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छन् ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १७:५१