फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

आवेदकहरुले बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १३:५१