सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन र सीईओमा पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन र सीईओमा पोखरेल नियुक्त



काठमाडौं । सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । विपिडब्लु लघुवित्तसँग मर्ज भएपछिको पहिलो सीईओमा पोखरेल नियुक्त भएका हुन् ।

लघुवित्तमा ७ जना सञ्चालक पनि चयन भएका छन् । जसको अध्यक्षमा नन्द कुमार महर्जन नियुक्त भएका हुन् । त्यसैगरी संस्थापक समुहतर्फबाट सञ्चालकमा राजेस्वर अधिकरी, भुपेन्द्र गोपाल श्रेष्ठ, र पुष्पराम श्रेष्ठ नियुक्त भएका छन्।

यसैगरी, सर्वसाधारणबाट नविन शर्मा र निर्मला नेपाल सञ्चालक बनेका छन् भने स्वतन्त्रबाट तिर्थरत्न कोनाजी सञ्चालक बनेका छन् । दुई लघुवित्त मर्ज भएर फागुन २४ गतेदेखि सामुदायिकको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १२:३५