ग्रिन डेभलपमेन्ट बैंककाे वार्षिक साधारण सभा चैत २७ गते, लाभांश पारित गर्ने मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रिन डेभलपमेन्ट बैंककाे वार्षिक साधारण सभा चैत २७ गते, लाभांश पारित गर्ने मुख्य एजेण्डा



काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले चैत २७ गते एक साथ २ वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ । बैंक सञ्चालक समितिको फागुन २४ गते बसेको बैठकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।

बैंकका अनुसार सभा पोखराको मेजेष्टिक लेक फ्रन्ट होटल एण्ड सुइटमा बिहान ११ बजेदेखि हुनेछ । बैंकको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँको ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागीता भएर लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : २७ फाल्गुन २०८०, आईतवार १२:१४