कानून विपरीत चलेका लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कानून विपरीत चलेका लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून विपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

बिहीबार संसदमा उठेका प्रश्नहरूको जवाफ दिदै प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन् ।

उनले यसका लागि काम गर्न पनि सुरु भईसकेको बताएका छन् । उनले भने, ‘लघुवित्त वित्तीय संस्थाले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि अशुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत रकम असुल गरी २०८० चैत मसान्तसम्म कर्जाको पुर्नतरिलिकरण वा पुनसंरचान गर्न सक्ने वा त्यस्तो कर्जालाई सक्रिय कर्जामा वर्गिकरण गर्ने व्यवस्था गरिएको छ ।’

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १३:५६