स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर



काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरेको छ ।

सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहीबार १२:४०