यशोधा कार्की
काठमाडौँ ४ चैत । सरकारले देश भरका सम्पूर्ण गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृतका रुपमा अधिकृतहरुलाई काजमा खटाएको हो ।
गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय अनुसार मन्त्रालयले अधिकृतहरु खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन पनि सबै अधिकृतहरुलाई निर्देशन दिएको छ ।
Comment