सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने, १५ दिनका लागि सेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामुदायिक र बीपीडब्लु लघुवित्तले फागुन २४ देखि एकीकृत कारोबार गर्ने, १५ दिनका लागि सेयर कारोबार रोक्का



काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्तको सेयर कारोबार १५ दिनसम्मका लागि रोक्का हुने भएको छ । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो।

दुवै कम्पनीले फागुन २४ गतेदेखि सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेका छन् । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।

दुवै कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं १४ मा रहने छ ।

प्रकाशित : 22 February, 2024 12:35 pm