सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम पनि खुम्चियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम पनि खुम्चियाे



काठमाडौं । सेयर बजार बुधबार पनि ओरालो लागेको छ । बजार मापन गर्ने सूचक ६.४६ अंकले घटेर परिसूचक २०२६.५९ बिन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.२४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घटेको छ।

३१३ कम्पनीको ६३ लाख ४१ हजार कित्ता सेयर दुई अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको ३.०३, विकास बैंक २४.४५, वित्त ४.६२, होटल ३८.३८, जलविद्युत २३.४३, जीवन बिमा २९.५५, माइक्रोफाइनान्स ९.७०, निर्जीबन बिमा समूहको उपसूचक ३२.५६ अंकले घटेको छ । साथै, उत्पादन तथा प्रशोधन समूहको उपसूचक भने आज १६३.६२ अंकले बढेको छ ।

बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त वित्तीय संस्था र हिमालय उर्जा विकास कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् ।

आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ९ फाल्गुन २०८०, बुधबार १५:३७