प्रमुख वित्तीय परिसूचकमा एनआईसी एशिया बैंक सर्वोत्कृष्ट बन्न सफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रमुख वित्तीय परिसूचकमा एनआईसी एशिया बैंक सर्वोत्कृष्ट बन्न सफल



काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्षको पुस मसान्तसम्मका प्रमुख वित्तीय परिसूचकहरु सार्वजनिक गरेको छ । एक विज्ञप्ती जारी गर्दै बैंकले बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको जानकारी दिएको छ ।

यस्तै, डिजिटल बैंकिङ्ग कारोवार तर्फ नं अफ ट्रान्जेक्सन, ट्रान्जेक्सन भोल्युम ,कस्टमर बेस, डिजिटल ट्रान्जेक्सन रेसियो लगायतका परिसूचकहरुमा पनि बैंक सर्वोत्कृष्ट बन्न सफल भएको बैंकले जनाएको छ ।

यसका साथै बैंकले आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने जनाएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार १६:०१