यस्ताे छ नेपाल ल्युब आयलकाे वित्तिय अवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्ताे छ नेपाल ल्युब आयलकाे वित्तिय अवस्था



काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७८ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी १० लाख रुपैयाँ घाटामा थियो ।

गत वर्ष यस कम्पनीले ३७ करोड ८७ लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । अहिले बढेर ५१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यसको वित्तीय खर्च भने घटेको छ। दुई करोड पाँच लाख रुपैयाँ रहेको वित्तीय खर्च अहिले घटेर एक करोड ८४ लाख कायम भएको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी छ करोड छ लाख ४३ हजार रुपैयाँ रहेको छ। यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ९४ पैसा देखिएको छ। प्रतिसेयर नेटवर्थ भने ६३६ रुपैयाँ रहेको छ ।

प्रकाशित : 16 February, 2024 12:56 pm