स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, साधारणसभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, साधारणसभा आह्वान



काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले वार्षिक साधारणसभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चाल निर्वाचन गर्नेछ ।

प्रकाशित : 16 February, 2024 11:16 am