घरजग्गा कारोबार क्रमश बढ्दै, माघ महिनामा यस बर्षकै उच्च काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घरजग्गा कारोबार क्रमश बढ्दै, माघ महिनामा यस बर्षकै उच्च काराेबार



काठमाडौं । माघ महिनामा घर जग्गाको कारोबारमा सुधार देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार पुसको तुलनामा माघ महिनामा चार हजार १३ वटा लिखत पारित बढेको हो।

माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखत पास भएका छन् । जुन पुस महिनामा ४५ हजार २७७ लिखित पारित भएको थियो । माघ महिनामा नामसारीबाट ४३८३ वटा, संशोधनबाट १० हजार ४८२ वटा रहेका छन् । ३३ हजार २३४ जग्गा रोक्का भएको छ भने २८ हजार ५८६ जग्गा फुकुवा भएको छ ।

यस अघि साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७७ लिखत पारित भएकोमा माघमा बढेर ४९ हजार २९० पुगेको हो ।

घरजग्गा कारोबार बढेसँगै यसबाट सरकारले पाउने राजस्व रकम पनि बढेको छ ।माघमा घरजग्गा किनबेचबाट तीन अर्ब ७१ करोड राजस्व संकलन भएको छ । यस्तो राजस्व पुस महिनामा तीन अर्ब २० करोड संकलन भएको थियो ।

कुल राजस्वमध्ये सेवा कर २२ करोड ५१ लाख ५७ हजार ६७९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर दुइ अर्ब २४ करोड ९९ लाख ६१ हजार ७९३ रुपैयाँ र पुँजिगत लाभ कर एक अर्ब १९ करोड ९३ लाख ९६ हजार ७९९ रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।

सबैभन्दा धेरै जग्गाको कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा दुई हजार ३२ वटा भएको छ ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार १५:३२