धौलागिरी लघुवित्तले लाभांश नदिने, साधारण सभा आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

धौलागिरी लघुवित्तले लाभांश नदिने, साधारण सभा आह्वान



काठमाडौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

साथै उक्त बैठकले संस्थाको ५ औँ वार्षिक साधारण सभा आगामी चैत १ गते बोलाएको छ । साधारण सभा प्रयोजनका लागि आगामी फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ ।

उक्त सभामा मर्जरको विशेष प्रस्ताव पारित गरिनुका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनेछ । सभामा ४ जना संस्थापक सञ्चालक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार ११:०९