यस्ताे छ संशाेधित बजेटकाे पूर्णपाठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यस्ताे छ संशाेधित बजेटकाे पूर्णपाठ



काठमाडौं । सरकारले लक्ष्य अनुसार खर्च गर्न नसकेपछि चालु आर्थिक वर्षको बजेटको लक्ष्य संशोधन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट संशोधन गर्दै १५ खर्ब ४९ अर्ब ९९ रुपैयाँ मात्रै खर्च हुने लक्ष्य सार्वजनिक गरेका हुन् ।

डा.महतले चलु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको बताएका छन्। उनका अनुसार चालु वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखेको थियो। तर त्यो सबै अहिलेको अवस्थालाई हेर्दा खर्च हुन नसक्ने अवस्था रहेकोले दुई खर्ब २१ अर्ब रुपैयाँ घटाएका छन्।

जस अनुसार चालु वर्ष १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ मात्रै खर्च हुने महतले संशोधित अनुमान सुनाए। जसमध्ये पूँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।

वित्तीय व्यवस्थातर्फ तीन खर्ब सात अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ । सरकारले लक्ष्यअनुसार नै आन्तरिक अण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान रहेको बताए ।

पुर्णपाठ यहाँबाट हेर्नुस्

https://drive.google.com/file/d/1SbTQ6OxqQWRfMpSWOhGTzztbZ_jCP2ox

प्रकाशित : २९ माघ २०८०, सोमबार १७:२१