फागुनका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फागुनका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?



काठमाडौं । सञ्चालनामा रहेका २० वटा वाणिज्य बैंकले फागुन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ०.४० प्रतिशत बिन्दुले घटेको हो ।

माघ महिनामा ८.१६ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७५ प्रतिशत विन्दुमा सीमित भएको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३७५३ प्रतिशतविन्दु घटेको छ।

फागुनमा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत रहनेछ । बाकी अन्य बैकहरुले भने घटाएका छन् ।

फागुन महिनामा सबैभन्दा बढी ब्याज एनएमबि बैंकले ८.५० प्रतिशतसम्म दिने भएको छ भने कृषि विकास बैंकले भने सबैभन्दा कम ६.४४३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत छ।

प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत छ। नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत,ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७५ प्रतिशत ब्याजदर दिएको छ।

व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल एसबीआई बैंकले अधिकतम ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकले ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।

प्रकाशित : २९ माघ २०८०, सोमबार ११:३१