आइजीआई प्रुडेन्सियलको एजीएम फागुन २० गते, यस्ता छन् छलफलका विषयहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइजीआई प्रुडेन्सियलको एजीएम फागुन २० गते, यस्ता छन् छलफलका विषयहरु



काठमाडाैं । आइजीआई प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ । कम्पनीले मर्ज भए पश्चातको पहिलोे एजीएम फागुन २० गतेका लागि आह्वान गरेको हो ।

कम्पनीका अनुसार एजीएम लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ । जसकालागि कम्पनीले फागुन ९ गते बुक क्लोज मिति तय गरेको छ ।

यस्ता छन् छलफलका बिषयहरु :

क. सामान्य प्रस्तावहरु:

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा पेश हुने कम्पनीको आ.ब. २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) आ.ब. २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरू पारित गर्ने।

(३) आ.ब.२०८०/०८१ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने ।

(४) कम्पनीको संस्थापक समूहबाट ४ जना (महिला एक जना सहित) र सर्बसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी जम्मा ६ जना संचालकको निर्वाचन गर्ने । (निर्वाचन सम्बन्धि कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको प्रधान कार्यालय नारायणचौर, नक्साल स्थित सूचना पाटिमा प्रकाशन गर्नुहुनेछ

ख. विशेष प्रस्तावहरु:

(१) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

(२) सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकन गर्ने ।

(३) कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार ०७:५४