इनड्राइभले सार्वजनिक गर्‍यो ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

इनड्राइभले सार्वजनिक गर्‍यो ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन



काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ।

यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता दिनुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित यो क्याम्पेन सुरु गरिएको हो।

यस प्रणालीअन्तर्गत इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन्। नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न पाउँछन्।

त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक रोज्न सक्छन्। यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले रकमबारे पूर्वजानकारी प्राप्त भई अन्त्यमा कुनै असमझदारी नहुने वातावरण बन्छ।

यस क्याम्पेनले विशेष गरी भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धता गरी दैनिक आवतजावतका दुई मुख्य पक्षलाई जोड दिएको छ। यसले चालकहरूलाई पनि आफूलाई उपयुक्त लागेको अनुरोध स्वीकार गर्न वा वैकल्पिक रकम प्रस्ताव गर्ने स्वतन्त्रता प्रदान गर्छ।

इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले आपसी सहमतिमा भाडा निर्धारण हुने व्यवस्थाले यात्रुलाई छनोटको स्वतन्त्रता र चालकलाई आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर दिएको बताएका छन्।

कम्पनीकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले इनड्राइभको मुख्य विशेषता नै पारदर्शिता रहेको बताउँदै काठमाडौंजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न सकिने धारणा व्यक्त गरेकी छन्।

यसै अभियानअन्तर्गत कम्पनीले स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियोसमेत ल्याएको छ, जसमा नेपाली मौलिक संस्कृति र स्थानीय परिवेशलाई समेटेर आपसी सहमति तथा सन्तुष्टिको सन्देश देखाइएको छ।

प्रकाशित : 12 October, 2026 7:11 pm